Logo
११ बैशाख २०८१, मंगलबार
(October 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ हजार १६७ कोरोना संक्रमित थपिए, १ हजार ८०० जना कोरोनामुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २९ हजार ३०४ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३८ हजार ७३७ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा १ हजार ८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ६९ हजार ६०५परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार ५३१ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित मिति: Oct 17, 2020

प्रतिक्रिया दिनुहोस्