Logo
१२ श्रावण २०८१, शनिबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्य बानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौंको मध्य बानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ।

बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएको हो।

सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनको हातमा चोट लागेको छ भने उनको के एमसी अस्पतालमा उपचार भइरहेको उनले बताए।

‘सेवाग्राहीहरू लाइन बस्ने क्रममा विवाद हुँदा ती व्यक्तिले गार्डको खुकुरी निकालेर प्रहार गरेका थिए,’एसपी राठौरले भने,’ती मान्छेको पहिचान भइसकेको छ।’

उनको खोजी भइरहेको एसपी राठौरले बताए।

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्