Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नबनियुक्त मन्त्रीले गरे पदभार ग्रहण, कसले के भने ?

नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण लगत्तै आज पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका तीन मन्त्री विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पदभार गरेका हुन ।

प्रधानमन्त्री केपी ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।

पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले पहिलो निर्णयमा विश्व बैंकसँग ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।

सञ्चारमन्त्रीको आजै पदभार ग्रहण पार्वत गुरुङले भनेका छन्, ‘मन्त्रीले कुरा बुझेको छ कि छैन । यति कुरा त अलमल्याएर यसरी नै जान सकिन्छ भनेर तपाईहरुले पनि बाङ्गोटिङ्गो बाटो लिनुभयो भने म छिटो बुझ्न प्रत्यन गर्नेछु ।’

त्यस्तै, शहरी विकास मन्त्री श्रेष्ठले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने बताए । उनले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि प्रतिवद्धता जनाए ।

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्