Logo
१३ बैशाख २०८१, बिहीबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सा जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकले सञ्चालनमा ल्यायो एक्स्टेन्सन काउण्टर

प्रभु बैंकले पर्सा जिल्ला प्रशासन कार्यलयमा आजदेखि एक्स्टेसन काउण्टर सञ्चालनमा ल्याएको छ ।

पर्साको जिल्ला स्थित विरगन्ज महानगरपालिका वडा नं – ९  जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट आजदेखि कारोबार सुरु भएको हो।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाहगरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासीतथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाvउपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकले २०९ वटा शाखाकार्यालय, १९४ वटा ATM,५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्