Logo
४ बैशाख २०८१, मंगलबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौमा किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते

काठमाडौँ महानगरपालिका-१६, नयाँ बजारको फलफूल चोकस्थित किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।

किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । निलकुमारी क्षेत्रको घरमा बिस्फोट भएको हो ।

स्रोतको अनुसार सुरुमा भुइँ तलाको भर्‍याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।

विस्फोटमा ११ जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटबाट ठूलो क्षति भएकाले महानगरीय प्रहरी परिषद, काठमाडौंका प्रमुख एसएसपी घटनास्थलमा पुगेका छन् ।

विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्