Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् शनिबार भुलेर पनि गर्न नहुने यी कामहरु !

हिन्दु धर्मग्रन्थ अनुसार शनिवारको दिन शनिदेवको विशेष दिन हो । यस दिन शनिदेवको पुजा गर्ने गरिन्छ । हिन्दुमा विशेष गरेर शनिदेवलाई न्यायका देवता मानेर पूजा गर्ने गरिन्छ ।

शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ निलो बस्त्र चढाउने गरिन्छ।

जोतिषशास्त्र अनुसार जसको जन्मकुण्डलीमा शनि कमजोर र शनिदोष छ उनिहरुले विशेष गरेर शनिदेवको पुजा गर्ने गर्छन् । जोतिषीहरुले पनि त्यही नै सल्लाह दिने गर्छन् । शनिले विशेष कर्म तथा न्यायको फल दिने भन्ने मान्यता रहेको छ ।

आज हामी तपाईलाई शनिबारको दिन गर्न नहुने कामकोबारेमा जानकारी दिन गइरहेका छौ । जुन काम गर्यो भने शनिदेवको श्राप हाम्रो जीवनमा पर्न जान्छ र हामीलाई जीवनमा दुःख कष्ठ परीशानी आइपर्छ ।

धर्मशास्त्र अनुसार गर्न नहुने काम निम्न छन्-

-शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-आँपको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् ।

-शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

-शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।

-नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

-शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन ।

-शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

-काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ ।

 

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्