Logo
१२ श्रावण २०८१, शनिबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोकिएको सामाजिक सुरक्षा भत्ता दिन सरकारको पत्राचार

सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिला र अति अशक्त अपाङ्गता (ख वर्गको अपाङ्गता परिचयपत्र) भएकालाई समाजिक सुरक्षा भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ।

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन भन्दै सबै स्थानीय तहहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पत्राचार गरेको हो।

६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अति अशक्त अपाङ्गता ‘ख’ वर्गको परिचय पत्र भएकालाई मासिक १ हजार ६ सयका दरले भत्ता उपलब्ध गराउन पत्रमा भनेको छ ।

विगभाले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनेको हो।

केही समयदेखि ६० वर्षमुनिका विधवा एकल महिला र अति अपाङ अशक्तको भत्ता रोक्का थियो।

 

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्