Logo
१३ बैशाख २०८१, बिहीबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हातको स्वच्छतासम्बन्धी सन्देश सबै नागरिकसम्म पुर्‍याउन राष्ट्रपतिको आग्रह

आज विश्व हात धुने दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिदैँको भिड-१९ को बिस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश सबै नागरिकसम्म पुर्‍याउनु अपरिहार्य भएको बताएकी छन् ।

उनले नयाँ प्रविधिको विकास र विस्तार मार्फत् हातको स्वच्छतासम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ बनाउन पनि आह्वान गरेकी छन् ।

‘विश्व हात धुने दिवस’ (अक्टोबर १५) का अवसरमा बिहीबार दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने बताएकी छन् ।

इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको उल्लेख गर्दै कोरोना भाइरसलाई निष्क्रिय बनाई सङ्क्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको बच्न सकिने तथ्य अध्ययनले देखाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ

सन्देशमा भण्डारीले , “कोभिड-१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता छ” भनि औल्याएकी छन् ।

उनले सरसफाइ गुरूयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइसम्बन्धी संवैधानिक व्यवस्था आदिले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको जनाएकी छन् ।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

 

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्