Logo
१२ श्रावण २०८१, शनिबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६७५ पुग्यो

सांकेतिक तस्विर

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ ।  २४ घण्टामा २ हजार ६३८ जना थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.५८ प्रतिशत छ ।

 

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्