Logo
४ बैशाख २०८१, मंगलबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्तरिक पर्यटकलाई लक्षित गर्दै क्राउन हिमालयलको दसैं प्याकेज,१५ हजारमा लन्च, डिनर र बारबिक्यू

काठमाडौं। पोखराको आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल क्राउन हिमालयले दसैं प्याकेज ल्याएको छ।

‘यो दसैं पोखरामा’ नामक आकर्षक प्याकेज अन्तर्गत पाहुनाले तीनवटा विशेष सेवा लिन सक्ने होटलका निर्देशक आग्रह अर्यालले बताए। १५ हजार रुपैयाँको प्याकेजमा पाहुनाले होटलमा तीन दिनका लागि बेड, ब्रेकफास्टको सेवा लिन सक्नेछन्।

‘अहिलेको अवस्थामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भिन्न किसिमको आकर्षक प्याकेज सार्वजनिक गरेका छौं। दसैंमा पोखरामा पर्यटकको चहलपहल क्रमिक रूपमा बढ्दै जाने आशा लिएका छौं,’ उनले भने। दुई जनाका लागि बनाइएको यो प्याकेज अन्तर्गत पाहुनाले तीन रातमध्ये एक दिन लन्च र बारबिक्यु सहितको डिनरको सेवा लिन सक्ने उनले जानकारी दिए।

उनका अनुसार प्याकेजमा एयरपोर्ट-होटल पिकअप ड्रप, सराङकोट, पिस प्यागोडा लगायातका गन्तब्यमा भ्रमण गर्न सक्नेछन्। यो प्याकेज नोभेम्बर १५ सम्म कार्यान्वयनमा आउनेछ। होटलका अनुसार यो अफर प्याकेज खरिद गर्ने पाहुनाले थप एक दिनको लागि निःशुल्क रुमको सेवा लिन सक्नेछन्। प्याकेज अन्तर्गत पाहुनाले फुड एण्ड बेभरेजमा १० प्रतिशत र स्पामा १५ प्रतिशत छुटमा सेवा लिन सक्नेछन्।

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्