Logo
१२ श्रावण २०८१, शनिबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना बिमा गरिएका व्यक्तिको परीक्षण शुल्क बिमा रकमबाट काटिने

कुनै कम्पनीमा कोरोना बिमा गरिएका व्यक्तिको परीक्षण शुल्क बिमा रकमबाट काटिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड-१९ को प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै बिमा गरेका व्यक्तिको परीक्षण शुल्क बिमा रकमबाट कटिने व्यवस्था गरिएको जानकारी दिए।

मन्त्रिपरिषद्को असोज १९ गते बसेको बैठकले सो निर्णय गरेको प्रवक्ता गौतमले बताए।

उनले आर्थिक रुपले विपन्न, असहाय एकल महिला, जेष्ठ नागरिक, अति अपाङग व्यक्ति फ्रन्टलाइनमा काम गरिरहेका व्यक्ति, सुरक्षाकर्मी, सरसफाईकर्मीलगायत जोखिम क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई लक्षण वा चिन्ह देखिएमा बिमा नि:शुल्क गरिने बताए।

उनले भने, ‘तर उल्लेखित व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भए परीक्षण शुल्क बिमा रकमबाट काटिने छ।’

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्