Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआईसी एशिया बैंकले ल्यायो दशैंतिहारमा ‘डिजिटल उत्सव’ योजना, ५० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले समयअनुरूप विभिन्न ग्राहकमैत्री योजना ल्याउने क्रममा बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई उल्लासमय बनाउने उद्देश्यले ग्राहकसमक्ष आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ ।

योजना अनुसार बैंकका ग्राहकले १ कात्तिकदेखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।

फाइदा नै फाइदाले भरिएको योजनामा बैंकका मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्नेछन् ।

देशव्यापी कोभिड–१९ महामारीका कारण सामाजिक दूरी कायम राख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसूस गर्दै बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वको अवसरमा ग्राहकलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास रहेको छ । चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहक महानुभावहरूको समेत डिजिटल कारोबारमा पहुँच पुर्‍याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।

बैंकले ल्याएको ‘डिजिटल उत्सव’ योजना अन्तर्गत ग्राहकले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न, हेलिकप्टर टुर लगायत विभिन्न सामग्रीहरू सर्वाधिक नगद छुट तथा क्यास ब्याकमा खरिद गरी यो वर्षको चाडपर्वमा खुशीयाली थप्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

‘खुशीयालीमा बैंकले आफूलाई साथीको रुपमा उभ्याई ग्राहक महानुभावहरूको चाडपर्वलाई यादगार बनाउने लक्ष्य लिएको छ । ग्राहक महानुभावहरूलाई चाडपर्वका बेला अत्यावश्यक हुने विभिन्न सामग्री खरिद गर्न सहज एवं सुलभ बनाउनका निमित्त बैंकले विभिन्न ब्राण्ड तथा स्टोरहरूसँग समझदारी गरी आकर्षक छुटको व्यवस्था गरेको हुँदा अवसरको समयमै फाइदा उठाउनुहुन बैंक सम्पूर्ण ग्राहक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछ,’ नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप विभिन्न सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई समेत डिजिटल कारोबार तथा सेवातर्फ आकर्षित गरिरहेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न अनलाइन किनमेललाई प्रोत्साहन गर्न सस्तोडील, ग्यापु, मार्केटप्लेस, ठूलो पसल, इन्फीस्टोर, ओकेडाम, कालमार्ट जस्ता ई–कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना २७ असोजदेखि १ कात्तिक २०७७ सम्म र ग्राहकले मोबैंकबाट भुक्तानी गर्दा ह्याप्पी आवर योजनाबाट ४०० रुपैयाँ, सुपर सिक्स क्याम्पियन योजनाबाट ५०० रुपैयाँ तथा अनलाइनबाट खाता खोली पहिलोपटक मोबैंकमार्फत कारोबार गर्दा ५०० रुपैयाँ गरी मासिक रूपमा १ हजार ४०० रुपैयाँसम्मको नगद फिर्ताको योजना समेत बैंकले सञ्चालन गरिरहेको छ ।

बैंकले मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई समेत देशभरका २ हजार ३०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको जनाइएको छ ।

स्मार्टफोन प्रयोगकर्ताको संख्या उल्लेख्य वृद्धि भएसँगै डिजिटल कारोबार गर्ने ग्राहकको संख्यामा समेत तीव्र रूपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पुर्‍याउन बैंकले यस प्रकारका योजनाहरू कार्यान्वयनमा ल्याइरहेको बैंकले जनाएको छ ।

बैंक मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटीएम, १०२ वटा एक्स्टेन्सन काउन्टर एवं ६४ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करीब १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्