Logo
१२ श्रावण २०८१, शनिबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीसहित असन्तुष्ट पक्षलाई विवाद समाधान गर्न राजधानीमा डाकियो

कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले मुख्यमन्त्री महेन्द्रबहादुर शाही र असन्तुष्ट पक्षलाई काठमाठौं बोलाएका छन् ।

दुबै अध्यक्षले आज पत्र पठाउँदै बिहीबार छलफलका लागि उनीहरूलाई काठमाडौं बोलाएका हुन् ।

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विवाद समाधान गर्न मुख्यमन्त्री, यामलाल कँडेल, प्रकाश ज्वालालगायतलाई काठमाडौं बोलाइएको स्रोतले बताएको छ ।

आइतबार मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णाली नेकपाभित्रकाे विवाद उत्कृर्षमा पुगेको छ ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पनि आज पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्ड समूहका नेताबीच केही सहमति भएको छ । सहमतिअनुसार नेपाल पक्षका तीन जनालाई मन्त्री र एक जना सांसदलाई सचेतक बनाइने छ ।

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्