Logo
१५ चैत्र २०८०, बिहीबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र माधवकुमार समूहबीच सहमति

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र माधवकुमार नेपाल समूहबीच सहमति भएको छ ।

मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल समूह पछि हटेपछि सहमति भएको हो ।

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।मङ्गलवार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाल समूहबीच छलफल भएको थियो ।

छलफलमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ । सहमतिअनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पनि पाउने भएको छ ।

 

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्