Logo
१२ श्रावण २०८१, शनिबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सकमा कोरोना पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना संक्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।

 

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्