Logo
१२ श्रावण २०८१, शनिबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सार्वजनिक गाडीका पूरै सिटमा यात्रु राख्न दिने सरकारको निर्णय

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

उनका अनुसार पूरै सिटमा यात्रु बस्न दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने पनि उनले बताए ।

सरकारले यसअघि काठमाण्डौ उपत्यकामा भदौ २५ गतेदेखि र लामो दूरीका गाडीमा असोज १ गतेदेखि आधा सिटमा मात्र यात्रु राखेर चलाउन दिएको थियो ।

यसरी आधा सिटमा मात्र यात्रु राख्न तोकिएको भाडामा ५० प्रतिशतसम्म बढी लिन पाउने व्यवस्था थियो । तर व्यवसायीले भने तोकिएकोभन्दा दोब्बरसम्म भाडा लिँदै आएका गुनासो यात्रुको छ ।

त्यही निर्णयलाई उल्ट्याउँदै सरकारले अब सार्वजनिक गाडीका पूरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्