Logo
२६ बैशाख २०८१, बुधबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पदको दुरुपयोग गरेको आरोपमा सीमा प्रहरी चौकी फूलबारीका सबै प्रहरीलाई कारबाही

सुदुरपश्चिम प्रदेश स्थित कैलाली धनगढी उप-महानगरपालिका-१४ बहुलियास्थित सीमा प्रहरी चौकी फूलबारीमा कार्यरत सबै प्रहरीलाई पदको दुरुपयोग गरेको भन्दै कारबाही गरिएको छ ।

सई गोपाल कार्कीसहित १० प्रहरीलाई पदको दुरुपयोग गरेको आरोप लागेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको छ ।

जिल्ला तानिएका १० जनामाथि थप छानबिन हुने भएको छ  ।हाल उक्त चौकीमा नयाँ प्रहरी टोलीलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंह स्थानीय घटनामा प्रहरीले लापरबाही गरेको भन्दै प्रहरीलाई कारबाहीको सिफारिस गरिएको हो ।

भदौ २८ गते फूलबारी चौकीमा एक स्थानीय मृत अवस्थामा फेला परेको घटनामा समेत प्रहरीले लापरबाही गरेको र सोही प्रहरी चौकीमा एक थुनुवामाथि कुटपिट गरिएको आरोप उनीहरुमाथि लागेको छ ।

 

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्