Logo
१९ बैशाख २०८१, बुधबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली चलचित्रका सफल निर्देशक नीर विक्रम शाह आजबाट ७५ बर्षमा प्रवेश

नेपाली चलचित्र क्षेत्रमा सक्रियरुपमा लागिरहेका कलाकार नीर विक्रम शाहको आज जन्मदिन परेको छ ।

नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक, कलाकार, निर्माता, लेखक तथा गीतकार शाह आजबाट ७५ बर्षमा प्रवेश गरेका हुन् ।

कलाकार शाहलाई सामाजिक संजालबाट चलचित्रकर्मी तथा शुभेच्छुकहरुले शुभकामना प्रदान गरिरहेका छन् ।उनी नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष समेत हुन् ।

नेपाली चलचित्र क्षेत्रमा उनलाई ‘भिष्म पितामह’ पनि भन्ने गरिन्छ । नीर शाहले थुप्रै राष्ट्रिय अवार्डहरु समेत पाएका छन् ।

शाहले लेखेका ‘पर्खिबसे आउला भनी, छोरी मलाई भागी भागी नसताउ, गहिराइमा डुब्दै नडुब, प्यारी बसन्ती’ लगायतका गीतहरु सर्वाधिक चर्चामा रहेका छन् । उनले लेखेका चलचित्रका गीतहरु पनि निकै सफल छन् ।

शाहले ‘कुसुमे रुमाल, प्रेम पिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दुर, गौथली, जीवनसाथी, बाचा बन्धन, मुना मदन, सानो संसार, किस्मत’ लगायतका चलचित्रमका अभिनय गरेका छन् ।

उनले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘परिवर्तन’ हो ।शाहले ‘बासुदेव, पच्चिस बसन्त, बसन्ती, राजमती, सेतो बाघ’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

नेपाली सीनेमाका धरोहर शाहलाई हाम्रो तफबाट पनि जन्न दिनको धरै धरै शुभकामना दिन चाहन्छौ ।

 

 

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्