Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा कोरोनाबाट थप एक जना पुरुषको मृत्यु

लुम्बिनी प्रदेश स्थित रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए ।

योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्