Logo
१५ चैत्र २०८०, बिहीबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सल्यानको श्रीनगरमा सञ्चालनमा ल्यायो प्रभु बैंकले नयाँ शाखा

प्रभु बैंक लिमिटेडले सल्यानको श्रीनगरमा आफ्नो नयाँ शाखा आजदेखि सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममामिति २०७७-०६-२५ देखि सल्यान जिल्लाका शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आफ्नो २०९औं शाखा खोली सञ्चालनमा ल्याएको हो ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकको श्रीनगर शाखाकार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर श्री सुंरेश अधिकारीले आज विहान १०ः०० बजे गरेका हुन् ।

बैंकको श्रीनगरमा शाखाकार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी श्री सुरेश अधिकारी प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ्गपहुँचनपुगेको ठाउँहरुमा आफ्नो शाखाकार्यालय सञ्चालनमा ल्याएर सर्व साधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्गपहुँचमा वृद्धि भएको मात्रनभई समग्र देशको आर्थिकविकासमा सकारात्मक टेवापुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकको श्रीनगर शाखाकार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकासमा अभिवृद्घिभई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्तीमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्