Logo
७ बैशाख २०८१, शुक्रबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार दिउँसो २ बजे बस्ने तय भएको बैठक स्थगित भएको छ।

बैठक संस्थापक नेता रामबाबु प्रसाईँको निधनको शोकमा स्थगित गरिएको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

९९ वर्षका नेता प्रसाईँको गएको शुक्रबार उपचारको क्रममा निधन भएको थियो । यसअघि अशोज १९ गतेका लागि तय भएको बैठक नेताहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार (२५ गते) का लागि सारिएको थियो ।

आइतबारको बैठक स्थगित भए पनि अब कहिले बस्ने भन्ने तय भएको छैन । कांग्रेसले बैठकमा आउँदो फागुनमा हुने भनिएको महाधिवेशनको मिति सार्ने तथा समसामयिक विषयमा छलफल हुने बताएको थियो ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्