Logo
१५ चैत्र २०८०, बिहीबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीको समर्थनमा घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता

नेपाल चिकित्सक संघले डा गोविन्द केसीको समर्थनमा घोषणा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। संघले विज्ञप्ति जारी गर्दै सरकार र डा केसीबीच शनिबार राति सम्झौता भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको हो।

यस्तै, आवासीय चिकित्सकहरुले पनि असोज २५ गतेदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। नेसनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै २५ गतेदेखि गर्ने भनिएको इमर्जेन्सी र कोभिडबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कारलगायतका सबै कार्यक्रम फिर्ता लिएको जनाएका हुन्।

शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको थियो।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्