Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यक्तिगत प्यान नभएका कारण ११ प्रदेश सांसद र ६७ जना स्वकीय सचिवको तलब रोक्का

प्रदेश नं २मा प्यान नम्बर नबुझाएको कारण प्रदेश सभाका ११ जना सांसद र सांसदका ६७ जना स्वकीय सचिवको तलब भत्ता रोक्का भएको छ ।

व्यक्तिगत प्यान नम्बर नलिँदा प्रदेश २ का ११ जना प्रदेश सांसद र सांसदका ६७ जना स्वकीय सचिवको तलबको तलब भत्ता रोक्का भएकोहो ।

आर्थिक वर्ष २०७७।०७८ देखि तलब बुझ्न प्यान नम्बर अनिवार्य हुनुपर्ने व्यवस्था भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्यान नम्बर बुझाउन नसकेका प्रदेशसभा सदस्यहरु गत साउन महिनादेखि नै तबल बुझ्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

वित्तिय अनुशासन कायम गर्नका लागि संघीय सरकारले गत जेठ १५ गते वित्तिय शासन व्यवस्था लागु गरेपछि तलब बुझ्नका लागि व्यक्तिगत प्यान नम्बर अनिवार्य गरिएको हो ।

सरकारी तलब बुझ्ने व्यक्तिका लागि नियुक्तिपत्र, बैंक खाता र व्यक्तिगत प्यान नम्बर अनिवार्य गरिएको थियो ।

नियुक्ति, बैंक खाता र प्यान नम्बर बुझाउन नसकेका ६७ जना प्रदेशसभा सदस्यका स्वकिय सचिवहरु समेत तलब बुझ्न नसकेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजित यादवले जानकारी दिए ।

पहिले स्वकीय सचिवहरुको तलब सांसदहरुकै खातामा पठाइने गरिएको थियो भने अब व्यगित प्यान कार्ड अनिवार्य गरेपछि उनीहरुको व्यक्तिगत खातामा पठाइने भएको छ ।

सांसद र स्वकीय सचिवहरुको तलब बुझ्ने व्यवस्था मिलाउन डकुमेन्टहरु जम्मा गरिरहेको र चाँडै प्रक्रिया पूरा भएपछि तलबभत्ता खातामै उपलब्ध गराउने निमित्त सचिव यादवले जानकारी दिए ।

 

 

प्रकाशित मिति: Oct 9, 2020

प्रतिक्रिया दिनुहोस्