Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा भरत पौडेललाई नियुक्त

सरकारले  परराष्ट्र मन्त्रालयका सचिवमा भरत पौडेललाई नियुक्त गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो । नवनियुक्त सचिव पौडेलले आजबाट जिम्मेवारी समालेका छन् ।

यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो । बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको रुपमा काम गरेका थिए ।

स्याङ्जाका ५४ वर्षीय पौडेल पाकिस्तानका लागि राजदूतसमेत भएका थिए ।निमित्त सचिव हुनुअघि उनी परराष्ट्र मन्त्रालयका प्रवक्ता थिए ।

उक्त बैठकले  नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिप्रप्रसाद (प्रकाश)पौडेललाई नियुक्त गरेको छ ।यसअघि निगम सञ्चालक समिति सदस्य रहेका पौडेललाई महाप्रबन्धक नियुक्त गरिएको हो ।

बैठलले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव पनि नियुक्त गरेको छ ।मन्त्रिपरिषद् बैठकले सानुराजा शाक्यलाई सदस्य सचिव नियुक्त गरेको हो ।

प्रकाशित मिति: Oct 9, 2020

प्रतिक्रिया दिनुहोस्