Logo
२६ बैशाख २०८१, बुधबार
(October 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन मन्त्री योगेश भट्टराइ र भारतीय राजदुत विनय मोहन क्वात्राबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराइसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन् ।

सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको छ ।

हवाई क्षेत्रका सम्बन्धमा उनीहरुवीच भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्‍याउनेबारे कुरा भएको थियो ।

कोभिड–१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरुवीचको उडान चाडै सुचारु गर्ने बारेमा पनि उनीहरुवीच कुराकानी भएको छ ।

त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति,लुम्विनी,जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यकारुपमा विकास गर्नेबारे छलफल भएको थियो ।

सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिवद्धता व्यक्त गरे ।

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उडड्यनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकरातमक रहेको जनाउँदै कोभिड-१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

प्रकाशित मिति: Oct 9, 2020

प्रतिक्रिया दिनुहोस्