Logo
१३ बैशाख २०८१, बिहीबार
(October 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा रुपान्तरणको आवश्यकता : प्रधानमन्त्री

१४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी ओलीले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताएका छन् ।

उनले अहिले विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताएको छ ।

नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहनाअनुसार लय मिलाएर काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले हुलाक सेवा जनस्तरमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा भएकोले भन्दै यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्ने बताए ।

नेपालमा विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।

प्रकाशित मिति: Oct 9, 2020

प्रतिक्रिया दिनुहोस्