Logo
२८ असार २०८२, शनिबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलित नेता तथा भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

छिमेकी देश भारतका केन्द्रीय उपभोक्ता मन्त्री, लोक जनशक्ति पार्टीका संरक्षक रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।

पासवानका छोरा तथा सांसद चिराग पासवानले ट्विट गर्दै पिताको निधनको पुष्टि गरेका छन् ।

उनको बिहीबार बेलुकी दिल्लीको एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मोदी सरकारका उपभोक्तामन्त्री पासवान लामो समयदेखि एस्कर्ट्स अस्पतालमा भर्ना थिए ।

उनी नेपाल-भारत सम्बन्धमा सकारात्मक पहल गर्ने एक चिन्तकका रूपमा समेत मानिन्थे ।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्