Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईमा यी अंग छुने बानी छ भने सावधान! जसले स्वास्थ्यमा हुन्छ एकदमै हानी

अहिलेको बर्तमान समयमा कोरोना संक्रमण ब्यापक बढीरहेको छ । त्यसैले हामी सजक हुन एकदमै आवश्यकता छ । हाम्रो सानो सानो हलच्रक्राइ र गल्ती साथै नराम्रो बानीले गर्दा हामी धरै भन्दा धरै रोगका शिकार हुन सक्छौ ।

हाम्रो मानव शरीरको कुनै भाग यस्तो संवेदनशील हुन्छ । जहाँ हात लागाउँदा तपाईलाई रोग अथवा समस्या आउँन सक्छ । आज हामी तपाईलाई कुन अंगमा हातले छुदा हानी हुन्छ त्यसको बारेका जानकारी दिन गइरहेका छौ ।

अनुहार

हाम्रो कति बानी हुन्छ अनुहारमा पटक पटक हात लगाउने तर हातको औँलाबाट अनुहार टाढा राख्नुपर्दछ । हातको औँला रोगका किटाणु भएको ठाउँमा पनि राखिएको हुन्छ ।

यसकारण हात अनुहारमा राख्दा तपाईंलाई असर गर्नसक्छ । अहिलेको समयमा त कोरोनाको संक्रमणबाट जोगिन हातले बारम्बार छुनु हुदैन ।

आँखा

आँखामा केही पर्यो भने वा धुने बेलामा मात्र हात लगाउनुहोस् । अन्यथा हात आँखामा पुर्याउन तथा चलाउनुहुँदैन । तपाईं यसो गर्नुहुन्छ भने आँखामा हानिकारक जीवाणु प्रवेश गर्नसक्छ । यसले तपाईंको आँखामा असर पार्न सक्छ । त्यसैले कहिल्यै पनि आँखामा छुने चलाउने गर्नुहुन्न ।

मुखमा औँला नराख्ने

तपाइ पटक–पटक हातका औंला मुखमा लाने गर्नुहुन्छ, अधिकांशको बानी यस्तै हुन्छ । तर युकेको एक अध्ययन अनुसार मुखमा औंला राख्ने बानीले गर्दा एकतिहाइ किटाणु शरीरभित्र प्रवेश गर्ने देखाएको छ ।

नाकमा औँला घुसाउँदा

आफ्नो नाकमा औंला राख्दा शरीरमा स्टाफाइलोकाकस आरस नामक ब्याक्टेरिया प्रवेश गर्ने बढी सम्भावना हुन्छ । यो एक खतरनाक ब्याक्टेरिया हो । यसले शरीरको जुनसुकै भागमा असर गर्न सक्छ

कानमा औँला घुसाउनुहुँदैन

आफ्नो कानमा औँला तथा कुनै पनि कुरा घुसाउनहुँदैन । यसरी कानमा कुनै पनि चिज घुसाउँदा कानभित्रको झिल्ली फुट्न सक्छ ।

नितम्बमा हात नराख्नु

धुन तथा पुछ्नुबाहेक नितम्बमा कहिल्यै पनि हात राख्नुहुँदैन । यहाँ जीवाणु पाइन्छ जुन हानिकारक हुनसक्छ । यदि कुनै कारण तपाईं नितम्ब छुनुभयो भने तुरुन्तै हात धुनुपर्छ ।(पत्रपत्रिका)

 

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्