Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो वर्ष नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा सिमित हुने अनुमान

विश्व बैंकले यो वर्ष नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा सिमित हुने अनुमान गरेको छ।

कोरोना भाइरस महामारीका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुँदा गएको वर्ष ०.२ प्रतिशतमा सिमित भएको नेपालको आर्थिक बृद्धिदर चालु वर्ष ०.६ प्रतिशत पुग्ने अनुमान गरिकएको छ।

दक्षिण एसिया स्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले लकडाउनले थला परेको अर्थतन्त्र माथि उठ्न अझै समय लाग्ने विश्लेषण गरेको छ।

अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत मात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान छ ।

महामारीको असर अझैसम्म रहेकाले दक्षिण एसियाकै अर्थत्न मन्दीमा फसेको बैंकको निष्कर्ष छ। अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेको र थप मान्छे गरिबीमा धकेलिने बैंकले जनाएको छ।

नेपालको आधा उद्मम र रोजगारी अनौपचारिक रहेको र लकडाउनको ठूलो प्रभाव यही वर्गलाई परेको छ। सहरी अनौपचारिक क्षेत्रका कामदारहरू र सहरी क्षेत्रका स्वरोजगार परिवारहरू सबैभन्दा बढी जोखिममा परेको बैंकले बताएको छ।

यसअघि एसियाली विकास बैंकले गएको वर्ष २.३ प्रतिशत बृद्धिदर भएको र यो वर्ष १.६ प्रतिशतले बढ्ने अनुमान गरेको थियो।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्