Logo
७ बैशाख २०८१, शुक्रबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन आई सी एशिया बैंकद्वारा १० लाख दुर्घटना बीमा रकम भुक्तानी

एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरू समक्ष ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

यस बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु भएका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी श्री राजकुमार शर्माज्यूको दुर्घटना पश्चात् मृत्युपछि वहाँकी श्रीमती सुनिता देवि शर्माज्यूलाई उक्त रकम भुक्तानी गरेको हो ।

निजलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरिएको हो ।हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले अतुलनीय बीमा सुविधा प्रदान गर्दै आएको छ ।

 

अतुलनीय फाइदाले भरिपूर्ण यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापतश १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहक महानुभावहरूले पाउन
सक्नुहुनेछ र सो सुविधाबाट ग्राहक महानुभावहरूलाई साच्चिकै फाइदा पुग्ने गरेको छ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका २४६ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको१ करोड ९४ लाख भन्दा बढी रकम प्राप्त गरिसेका छन् र यस्ता योजनाहरूबाट बैंक खातामार्फत बचत गर्ने आमसर्वसाधारणलाई थप प्रोत्साहन र प्रेरणा मिलेको छ ।

साथै न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइनमार्फत खोल्न सक्ने समेत बैंकले व्यवस्था गरेको छ ।

यसअन्तर्गत निःशुल्क डेबिट÷क्रेडिट कार्ड, निःशुल्क मोबाइल÷इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत सेवाको फाइदा लिन सक्नुहुनेछ ।

एन आई सी एशिया बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्