Logo
१ बैशाख २०८१, शनिबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै नेपाली नागरिकको दृष्टिको सुरक्षामा सरकार सचेत र क्रियाशील छ : मन्त्री ढकाल

विश्व दृष्टि दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको  बताएका छन् ।

सन्देशमा उनले नेपालले अहिले कोभिड–१९ को सङ्क्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पुर्‍याउन सबैमा आह्वान पनि गरेका छन् ।

विश्व दृष्टि दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका छन् । विश्वव्यापी रूपमा “दृष्टिप्रतिको आश” भन्ने मूल नाराका साथ बिहीबार विश्वदृष्टि दिवस मनाइँदै छ ।

ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताएका छन् ।उनले स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थालाई थप सक्रिय हुन अनुरोध गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको आंकडाअनुसार विश्वमा करिब दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ भने करीब एक अर्बलाई अझै पनि आँखा सेवाको पहुँच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ ।

यसमा थप करीब दुई अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या रहेको छ, जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ ।

नेपालमा सन् २०१२ को सर्वेक्षणले जनसङ्ख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.८४ प्रतिशत जनसङ्ख्यामा रहेको पाइएको थियो ।
नेपालमा अहिले ९४ हजार २५३ व्यक्ति कोरोना सङ्क्रमित छन्, जसमध्ये ७२.८ प्रतिशत निको भइसकेका र ५७८ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्