Logo
१५ बैशाख २०८१, शनिबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको सबै संवैधानिक निकायमा एउटै समुदायका ब्यक्ति भरियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको सबै संवैधानिक निकायमा एउटै समुदायका ब्यक्ति भरिएको बताएका छन् ।

उनले देशको सबै संवैधानिक निकायहरुमा एउटै समुदायबाट भएको नियुक्तीले सिंगो देश नै उनीहरुको मात्र हो भन्ने अनुभुती भइरहेको तर्क गरेका हुन् ।

त्यसलाई सुर्धान संविधानमा रहेका केही प्रावधान संशोधन गरी सबैको अपनत्व हुने खालको वातावरण नबनेसम्म सचेत खबरदारी गरिरहनुपर्ने उनले बताए ।

प्रदेश २ स्थित सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रममा उनले आदिवासी, जनजाति, दलित, मधेशी तथा सीमान्तीकृत समुदायको माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक रहेकामा जोड दिए ।

संवैधानिक आयोग तथा अन्य निकायमा नियुक्ति गर्दा ८० प्रतिशतसम्म एउटै समुदायबाट ल्याइएको आरोप पनि उनले लगाए ।

तत्कालीन समाजवादी युवा फोरमका अध्यक्ष आतेश यादवका अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रियसभाका सदस्यद्वय शेखर सिंह र मृगेन्द्रकुमार सिंह यादव, प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेशसभा सदस् मनीष सुमनलगायतले पनि संविधान संशोधन नभएसम्म आफूहरु मौन भएर नबस्ने चेतावनी दिए ।

कार्यक्रममा विभिन्न दल परित्याग गरी जसपमा प्रवेश गरेका २८५ युवालाई फूलमाला र अबिर लगाई स्वागत गरिएको थियो ।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्