गाउँपालिकाको बैठकमा हिंडेका वडाध्यक्षसहित पाँच जनाको जीप दुर्घटनामा मृत्यु्

कर्णली प्रदेश स्थित जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा दुईजना वेपत्ता हुनाको साथै एकजना घाइते भएका छन् ।
उक्त जिल्लाको जुनीचाँदे गाउँपालिका १ औलभीरमा आज भएको दुर्घटनामा उक्त गाउँपालिकाको वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँचजनाको मृत्यु भएको हो ।
भे १ ज ९३५ नम्बरको जीप दुर्घटनामा मृत्यु हुनेहरुमा स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेत पनि छन् । गाउँपालिकाको कार्यपालिका बैठकका लागि खलंगाबाट परालेतर्फ जीप जाँदै थियो ।
जीप औलभीरस्थित मजकोट खोलामा खसेको थियो ।