Logo
३१ असार २०८२, मंगलबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ स्थगित

स्वास्थ्य सामग्री खरिदमा बदमासी गरेको ओविसिआई कम्पनी –ओम्नी) लाई कालोसूचीमा राख्ने निर्णयविरुद्ध परेको रिटको दोस्रो सुनुवाइ सरेको छ। न्यायाधीश कोरोना संक्रमित हुँदा सुनुवाइ प्रभावित भएको हो।

दुई न्यायाधीशको इजलाशमा सुनुवाइ हुनुपर्ने मुद्दा बुधबार स्थगितको सूचीमा प्रकाशित भएको छ। एक न्यायाधीशमा कोरोना पुष्टि भएपछि सर्वोच्च्च अदालतका प्रधानन्यायाधीशसहित १७ न्यायाधीश अहिले आइसोलेसनमा छन्।

फुलकोर्टमा सँगै बसेका न्यायाधीशमा कोरोना देखिएपछि उनीहरु संक्रमणको जोखिमका कारण घरमै बस्दा बुधबार पेशी रहेको ओम्नीको मुद्दाको अन्तरिम छलफल प्रभावित भएको हो।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्