Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाउत राई र दिपा लामाको युगल स्वरमा ‘हृदयको आवाज’ म्युजिक भिडियो सार्वजनिक

गायक दाउत राई  र गायिका दिपा लामाको युगल स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा शब्द अमर बान्तुको रहेको छ भने गीतलाई स्वयम् गायक दाउत राईले  नै संगीतवद्द गरेका हुन्।  गीतमा उदय राज पौडलको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोनको रोमान्स देख्न सकिन्छ। प्रदिप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई निर्देशक देव जंग थापाले छायांकन र निर्देशन गरेका हुन्। भिडियो गायक राईको अफिसिएल च्यानल ‘दाउत राई’ मार्फत सार्वजनिक गरिएको छ ।
शब्द सिर्जनामा क्रियासिल रचनाकार बान्तुका यसअघि ‘तिम्रो सहर’ , ‘फरिदा’ बोलका गीतहरु स्रोतामाझ लोकप्रिय छन्।

कोरना कहर विच निकै मेहेनत साथ तयार पारिएको यस कोशेलीलाई साथ , सपोर्ट र माया गरिदिन सम्पुर्ण दर्शक स्रोता र मिडिया हाउसलाई  निर्माण टिमले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्