Logo
१५ बैशाख २०८१, शनिबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

file picture

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटलवल र नबलपरासी पश्चिमका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपालिका वडा नंं. ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका-५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयूमा उपचाररत पुरुषको गएराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारीले जानकारी दिए ।

दुवै संक्रमितमा सुक्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या पहिले देखिनै रहेको अस्पतालका सुचना अधिकारीले बताए ।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्