Logo
१२ बैशाख २०८१, बुधबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या साढे ६ हजारभन्दा बढी पुग्यो

सुदूरपश्चिम प्रदेशमा हिजो मंगलबार सम्म ६हजार ६ सय जना कोरोनामुक्त भएका छन् । प्रदेशमा मंगलबार सम्म ६ हजार ६ सय जना कोरोना संक्रमणमुक्त भएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म प्रदेशमा ७ हजार ६ सय ६१ जनामा कोभिड–१९ को संक्रमण देखिएकोमा ८६ प्रतिशत बढिले अर्थात ६ हजार ६ सय जना कोरोनामुक्त भएका हुन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका २ हजार एक सय ४४ जना निको भएर घर फर्किएका छन्।

बाजुराका चार सय ५१ जना, बझाङका चार सय ४१, बैतडीका तीन सय ९१, डडेल्धुराका तीन सय २५ र दार्चुलाका ७१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

यस्तै अछामका एक हजार ३१, डोटीका ९ सय ८३ र कञ्चनपुरका सात सय ६३ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या एक हजार ४३ रहेको छ।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्