Logo
८ बैशाख २०८१, शनिबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआरएनएद्वारा साउदी अरवको जेद्दामा महाबाणिज्यदुत पोख्रेल र श्रम सहचारी उपाध्यायलाई स्वागत

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले साउदी अरव स्थित जेद्दामा रहेको महाबाणिज्य दुतावासको कार्यवाहक महाबाणिज्यदुत शत्रुघन पोख्रेल र श्रम सहचारिमा प्रेमप्रसाद उपाध्याय स्वागत तथा सम्मान गरेको छ ।

लामो समयदेखि उक्त महाबाणिज्य दुतावासमा नेतृत्व बिहिन रेहको थियो । एनआरएनएले कार्यवाहक बाणिज्यदुत पोखरेल तथा श्रम सहचारी उपाध्यायलाई स्थानीय जेद्दा क्षेत्रका प्रतिनिधिहरुकोको उपस्थिति स्वागत सम्मान गरिएको हो ।

कार्यक्रम ४ अक्टुबर २०२० को दिन महावाणिज्यदुतावास जेद्दामा अनौपचारिक रुपमा भएको जानाकारी गैर आवासीय नेपाली संघ साउदी अरवका प्रवक्ता बिष्णु न्येउपानेले बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ साउदी अरवका वरिष्ट उपाध्यक्ष धुर्वकुमार रिजाल, प्रवक्ता बिष्णु नेउपाने तथा आरसी सी जेद्दाका पदाधिकारीहरुले स्वागत गरेका हुन् ।

कार्यवाहक माहावाणिज्य दुत पोखरेलले हरेक कार्यहरुलाई सम्पादन गर्नको निम्ती दुताबासले गर्नुपर्ने काम कर्तब्य र जिम्मेवारी चुष्त तत्वरबाट अगाडी बढाउने बताए ।

उनले भने – ‘स्वच्छ र समाज सेवाको भावले हौसला उत्प्रेरणा दिएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दै सरकारले कुनैपनी संघसंस्थाको सहयोग बिना सफलता हात पार्न सक्दैन तेसैले यहाँहरुको सहयोगमा पारदर्शी ढंगले अगाडि बढ्नेछौं।’

श्रम सहचारी उपाध्यायले साउदी अरव नेपालीहरुको भारी सख्याको श्रम गन्तव्य रहेको हुनाले यहा आउने श्रमिक अरु दक्ष र क्षमतावान बनाउने तथा न्युनतम पारिश्रमिकलाई चुस्त बनाउदै आफूहरुको भूमिका रहने बताए ।

उनले श्रमिकको हक हित लगायत स्वास्थ्य बिमा र सुरक्षाको निम्ति सबै संघ संस्थाको साथमा समन्वय गरी बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन लागि पर्ने प्रतिबद्दता जाहेर गरेका छन् ।

गैर आवासी नेपाली संघका पदाधिकारीहरुले महावाणिज्य दुतावाससँग हुने हरेक भूमिका र कोरोना कहरमा नेपाली समुदायले भोगेका पिडामा (एनआरएनए) साउदीले नियोगसंग सहकार्य गरेको र आउँदा दिनमा पनि सहकार्य जारी राख्ने बताएका थिए ।

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्