Logo
११ श्रावण २०८१, शुक्रबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालका निर्देशकहरुलाई बिरामीहरु गेटबाट फर्कन नपर्ने गरी काम गर्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका छन् ।

देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग मन्त्री ढकालले भर्चुअल माध्यमबाट छलफल गर्दै सो निर्देशन दिएका हुन् ।

सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न कुनै कसर नराख्ने बताउँदै मन्त्री ढकालले बिरामीहरु अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न पनि निर्देशन दिए ।

चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना औल्याउँदै मन्त्री ढकालले उच्च मनोबलका साथ काम गर्न भनेका थिए ।

कोभिड-१९ विरूद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउने अभिप्रायले आयोजित छलफलमा मन्त्री ढकालले अस्पतालले कोभिड १९ विरूद्धको काममा भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाबारे जानकारी लिएका थिए ।

स्वास्थ्यका विज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवालाहरूसँग नियमित छलफल गर्दै आएका मन्त्री ढकालको सचिवालयले जनाएको छ ।

छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए । उनीहरूले कोभिड १९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषय मन्त्रीसँग राखेका थिए ।

google picture

 

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्