Logo
१२ श्रावण २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा अस्पतालको दोस्रो तल्लाबाट हामफाल्दा आईसीयूमा उपचाररत बिरामीको मृत्यु

प्रदेश १ स्थित बिराटनगरको मुनालपथमा रहेको विराटनगर अस्पतालको दुई तलामाथिबाट हाम्फालेका एक बिरामीको मृत्यु भएको छ । उक्त घट्ना अत्माहत्या नै हो की अन्य कुनै कारण रहेको छ यसबारे भने केहि खुलेको छैन ।

फोक्सोमा समस्या देखिएर आईसीयूमा उपचाररत रहेका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो ।

असोज १७ गते अस्पताल भर्ना भएका उनी आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किए पछी आज सोमबार बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ ।

हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि आईसीयूमा भर्ना गरेपश्चात उपचारका क्रममा आजै बिहान ९ बजेतिर मृत्यु भएको थियो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्