Logo
१२ श्रावण २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा संक्रमितहरु थपिने क्रम तिब्र, थपिनेहरु प्रायः स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी

उपत्यकामा कोरोना संक्रमितहरु थपिने क्रम तिब्र रुपमा बढेको छ । सोमवार मात्र उपत्यकामा १५३१ जना संक्रमित थपिएका छन् ।

उपत्यकामा देखिने अधिंकास संक्रमितहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंक तथा वित्तय संस्थामा कार्यरतहरु धेर रहेका छन् ।

यता, देशभरमा गरी आज कोरोना भाइरसका २४ सय ४० जना संक्रमित थपिएका छन् । त्यसैगरी देशभर संक्रिय संक्रमितको सख्या २३ हजार ५ सय ७ जना रहको छन्

योसंगै कुल संक्रमितको सख्या ८९ हजार २ सय ६३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ६५ हजार २ सय २ जना संक्रमणमुक्त भएका छन् । आज ११३३ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए । त्यसैगरी उपत्यकामा मात्र १५३१ जना थपिएका छन् ।

 

 

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्