Logo
५ जेष्ठ २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप २४४० जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ८९ हजार २६३ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरमा १३ हजार ७८१ जनाको पिसिआर परिक्षणमा २४४० जनालाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ। काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेका छन्।

आज १ हजार १३३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्।

 

 

 

 

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्