Logo
१२ श्रावण २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबारदेखि बन्द भएको श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदै

आजबाट वैदेशिक रोजगार कार्यालय ताहाचलबाट बुधबारदेखि सेवा रोकिएको श्रम स्वीकृति दिने काम पुनः सुरु हुँदैछ ।

कर्मचारी संक्रमित भएपछि यसअघि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो । कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो ।

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ । वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ ।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्