Logo
८ बैशाख २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यान्सरबाट ग्रसित अभिनेता सञ्जय दत्तको सार्वजनिक भयो यस्तो तस्बिर

कुनैबेला नायक खलनायकको उपनामबाट बहुचर्चित रहेका बलिउड अभिनेता सञ्जय दत्त क्यान्सरद्वारा ग्रसित छन् । हालै सोसल मिडियामा उनको एउटा तस्बिर सार्वजनिक भएको छ, जुन हेरेर थुप्रैले उनको स्वास्थ्य अवस्था बिग्रिएको आँकलन गरेका छन् ।

गत अगस्ट ११ मा सञ्जयले सोसल मिडियामा आफू केही समयका लागि उपचारका लागि छुट्टी लिन लागेको बताएका थिए ।

यद्यपि, अभिनेता र उनको परिवारको तर्फबाट उनको स्वास्थ्यबारे अहिलेसम्म कुनै आधिकारिक कुरा सार्वजनिक भएको छैन ।

बलिउडका ट्रेड एनालिस्ट कोमल नाहटाले अभिनेता सञ्जय दत्त फोक्साको क्यान्सरसँग जुधिरहेको बताएका छन् ।

संजाय उपाचाररर्त रहेको तर आधिकारिक विस्तृप्त कुरा सार्वजानिक नभएको उनले बताएका छन् ।

धेरैले उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । यीमध्ये एक प्रयोगकर्ताले लेखिन्, ‘बाबा निकै कमजोर देखिएका छन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘आशा गर्छु, उनी चाँडै नै निको हुनेछन् ।’ सञ्जय दत्त फोटोमा निकै कमजोर देखिएका छन् । यो फोटो अस्पतालका कर्मचारीमध्ये एकले उनीसँग खिचाएका हुन् ।

सार्वजनिक भएको फोटोमा सञ्जयको तौल निकै कम भएको देखिएको छ । यो फोटोमा उनको भिन्न स्वरुप देखिएको छ ।

एजेन्सी

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्