Logo
८ बैशाख २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसपार्क सुनसान, आन्तरिक उडानबाट दैनिक ५ हजार ओहोर-दोहोर

पछिल्लो समय लामो दुरीका यातायातमा यात्रु चढ्न डराएका बेला आन्तरिकतर्फका जहाज भने पूर्ण क्षमतामा उडिरहेका छन्। कोरोनाको बढ्दो संक्रमणबीच चाडपर्व नजिकिँदै गएपछि हवाई माध्यमबाट राजधानीबाहिर जाने र भित्रने यात्रुको संख्या बढ्दै गएको छ।

असोज ५ देखि सामान्य अवस्था (चैतअघि) को तुलनामा २५ प्रतिशत उडान सुरु भएको थियो। बिहीबारदेखि उडान कोटा ५० प्रतिशत पुगको छ।

हाल प्राधिकरणले दैनिक ८० को हाराहारीमा उडान तथा अवतरण हुने गरी हप्तामा झन्डै ६ सय उडानलाई अनुमति दिएको छ।

हाल हप्तामा एक सय अन्तर्राष्ट्रिय उडानलाई अनुमति दिइएको प्राधिकरणले जनाएको छ। चैतअघि नेपालबाट ३२ गन्तव्यमा उडान हुने गरेकामा अहिले २२ गन्तव्य मात्र खुला छन्।

अन्तर्राष्ट्रियतर्फ दैनिक १५ उडानलाई अनुमति छ। असोज २५ गते कोरियाबाट एउटा चार्टर्ड उडानको अनुमति रहे पनि त्यसयता चार्टर्ड उडानको तालिका नरहेको प्राधिकरणले जनाएको छ।

मेडिकल तथा कार्गोका चार्टर्ड उडानमा भने रोकटोक नरहेको प्राधिकरण स्रोतले बतायो। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै भित्रिनेभन्दा बाहिरिनेको संख्या बढेको देखिन्छ।

लामो दुरीको यात्रामा संक्रमण जोखिम हुने भएकाले अधिकांशको हवाई यात्रामा आकर्षण बढेको देखिन्छ। प्राधिकरणका अनुसार हवाई सेवा तोकिएको स्वास्थ्य मापदण्डको आधारमा सञ्चालन भएकोले सुरक्षित यात्राको लागि धेरैले रोजेका हुन्।

लामो समय बसमा यात्रा गर्नुभन्दा एक घन्टाको हवाई यात्रा स्वास्थ्यको हिसाबले सहज भएकाले अचेल दैनिक पाँच हजार यात्रु काठमाडौंबाट ओहोरदोहोर गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ।

आइतबार आन्तरिकतर्फका ५६ उडान तथा अवतरणबाट २३ सय ६३ यात्रु काठमाडौं आएका छन्। २४ सय १५ जनाले राजधानी छोडेको विमानस्थलको तथ्यांकले देखाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ यात्रुको संख्या बढ्दै गएपछि सरकारले उद्धार उडानको संख्या घटाएको छ। प्राधिकरणका अनुसार अन्तर्राष्ट्रियतर्फ नियमित उडान संख्या बढ्दै गएपछि चार्टर्ड उडान घटाउँदै लगिएको हो।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन रहेको आजको नागरिक दैनिकमा खवर छ ।

सुनसान बसपार्क

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्