Logo
१२ श्रावण २०८१, शनिबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु

नेपालमा २४ घण्टामा २२५३ जना कोरोनामा संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ७८४ जनाको पिसिआर परिक्षणमा २२५३ जनालाई संक्रमण देखिएको जानकारी दिए।

योसँगै संक्रमितको कूल संख्या ८६ हजार ८२३ पुगेको छ ।आज १ हजार ३२९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । देशभर २२ हजार २१९ जना सक्रिय संक्रमित छन्।

आज  एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ।

६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चितवनमा ५५ वर्षीया महिला, काठमाडौंमा ५५, ललितपुरमा ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिने बालिका, बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरमा २९ वर्षीय महिलाको मृत्यु भएको छ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६२ प्रतिशत छ।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्