Logo
१२ श्रावण २०८१, शनिबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेताहरूमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय असोज २२ गतेसम्मको लागि बन्द

नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय आजदेखि असोज २२ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असोज २२ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय भएको हो ।

असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो।

कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा पठाएको थियो

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतमा कोरोना देखिएको हो।

 

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्