Logo
५ जेष्ठ २०८१, शनिबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको ।

चितवनको कालिका नगरपालिका-७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

असोज १६ गते कोरोना सङ्क्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ ।

यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्