Logo
१२ श्रावण २०८१, शनिबार
(October 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटार अपडेट : स्वकीय, सल्लाहकारसहित प्रधानमन्त्री निवासमा खटिएका ७६ जनालाई कोरोना संक्रमण

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सल्लाहकार, कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बालुवाटारको बारेमा यस्तो खबर बाहिरिए लगतै देशभर चासोको विषय बनेको छ । उनीहरुलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भने कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । तर, उनलाई स्वास्थ्य शतर्कता अपनाउन भनिएको बुझिएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव विष्णु रिमाल, परराष्ट्र मामला सल्लाहकार डा। राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा र फोटोग्राफर राजन काफ्लेले सामाजिक सञ्जाल मार्फ्त कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनीहरुले आफूहरु संक्रमित भएकाले सम्पर्कमा आएकाले शतर्क रहन र परीक्षण गर्न आग्रह समेत गरेका छन् । यसैगरी, बालुवाटारमा टेष्ट गर्दा ठुलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वस्त स्रोतका नुसाल बालुवाटारमा कार्यरत कुल ७६ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये सल्लाहकार, सुरक्षाकर्मी, चालक र कर्मचारीहरु छन् ।

प्रकाशित मिति: Oct 3, 2020

प्रतिक्रिया दिनुहोस्