Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले मन्‍त्रालय फुटाएर मन्‍त्री थपे विरोधमा उत्रिने कांग्रेसको चेतावनी

सरकारले मन्त्रालय फुटाएर मन्त्री थप गरे विरोधमा उत्रिने  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठनका लागि आन्तरिक छलफलमा रहेका बेला नेता पौडेलले यस्तो चेतावनी दिएका हुन् ।

जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा मन्त्रालय बढाउने काम गरिन नहुने उनको भनाइ छ ।

“देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिस्टले चलाएका छन्,” नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “कर्मचारीको पेन्सन धान्‍न नसक्ने भइसकेको अवस्था छ । जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रनेछौं ।”

देशलाई भार मात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्‍ने, मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको पौडेलले स्मरण गराएका छन् ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्